अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
धनुषा - शक्तिशाली तान्त्रिक बन्न भन्दै अढाई वर्षीय बालकलाई बलिदिने झाँक्री जेल चलान भएका छन् ।
धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका अढाई वर्षीय बालक आर्यन शाहको बलिदिने ५५ वर्षका शत्रुधन महतो जिल्ला अदालत धनुषाको आदेशमा पूर्पक्षका लागि जेल चलान भएका हुन् ।
धनुषा जिल्ला अदालतका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई महोत्तरीको जलेश्वर कारागार पठाइएको छ ।
गएकाे वैशाख २३ आफ्नो दैलोमा खेलिरहेका बालक आर्यनलाई शक्तिशाली तान्त्रिक बन्न भन्दै महतोले अपहरण गरी त्यही राति २ बजे आफ्नो आँगनमा बलिचढाएका थिए । आर्यनको शव २४ गते बिहान घरनजिकैको बाँसघारीमा फेला परेको थियो ।
बालकलाई बलिदिएको आरोपमा महतोलाई जिल्ला सरकारी वकिलको कार्यालयले आजीवन कारावासको अभियोग दर्ता गराएको छ । महतोमाथि अपहरण, बन्धक, कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिई सुक्ष्म अनुसन्धान गरेपछि महतोले बालकलाई बली दिएको खुलेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ १६ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
----------------------------------
उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः