सिलिन्डर विष्फोटमा संलग्न रहेकाे आशंकामा १६ वर्षीय बालक गिरफ्तार

 असार ११, २०७६ बुधबार १३:३७:२८ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - सिलिन्डर विष्फोटको अनुसन्धान गर्न भन्दै प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलाई गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्यानको कुमाख गाउँपालिका-६, वडागाउँमा सिलिन्डर विष्फोट भएको थियो । 

त्यसै संलग्न भएको आशंकामा प्रहरीले कुमाख गाउँपालिका-६, वडागाउँका १६ वर्षीय पुष्कर सुनारलाई बुधबार बिहान गिरफ्तार गरेको हो । उनलाई घटनामा संलग्नताको विषयमा सोधपुछका क्रममा २४ घण्टाका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले बताउनुभयाे ।

अहिलेलाई सोधपुछका लागि गिरफ्तार गरेका हौँ, यदि घटनामा संलग्नता रहेको र थप अनुसन्धान गर्नुपर्ने देखिएमा कानुन बमोजिम गर्छौँ, डीएसपी शाहीले बताउनुभयाे । पक्राउ परेका सुनार जनकल्याण मावि वडागाउँमा कक्षा ९ मा पढ्दै आएका छन् । 

इलाका प्रहरी कार्यालय रागेचौरको टोलीले गिरफ्तार गरेपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याइएको छ । उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको परिवारले बताएका छन् ।

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया