पाकिस्तानका बाबर आजमले पछि पारे भारतका विराट काेहली र शिखर धवनलाई

 असार १२, २०७६ बिहिबार १४:४९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले हरायो । 

पाकिस्तानको जितमा बाबर आजमले उत्कृष्ट शतक बनाए । १२७ बल सामना गरेका बाबरले ११ चौकाको मद्दतमा अविजित एक सय एक रन बनाउँदा आजमले एउटा कीर्तिमान पनि कायम गरेका छन् । 

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो तीन हजार रन बनाउनेमध्ये बाबर दोस्रो नम्बरमा परेका छन् । उनले भारतीय क्रिकेटर विराट कोहली, शिखर धवन, वेष्ट इण्डिजका भिभ रिचर्डस्लगायतलाई पछि पारेका छन् । 

बाबरले ६८ औं इनिङमा तीन हजार रन बनाएका हुन् भने कोहलीले तीन हजार रन बनाउन ७५ इनिङ खेल्नुपरेकाे थियाे । 

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो तीन हजार रन बनाउने सूचीको पहिलो नम्बरमा भने दक्षिण अफ्रिकाका हशिम अमला छन् । उनले जम्मा ५७ इनिङ खेल्दै तीन हजार रन बनाएका थिए । 

त्यस्तै वेस्टइण्डिजका भिभियन रिचर्डस तेस्रो नम्बरमा छन्, उनले ६९ इनिङ खेल्दै तीन हजार रन पूरा गरेका हुन् । भिभियनलाई वेस्ट इण्डिजकै सीजी ग्रीननिड्जले ७२ इनिङ र दक्षिण अफ्रिकाका ग्यारी क्रिस्टेनले ७२ इनिङमा तीन हजार रन बनाउँदै क्रमशः चौँथौ र पाँचौ स्थानमा छन् । 

७२ इनिङमै तीन हजार रन बनाएका भारतीय ब्याट्सम्यान शिखर धवन छैटौँ स्थानमा रहेका छन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया