विश्वकप क्रिकेट: लयमा रहेकाे भारत वेस्ट इण्डिजविरुद्ध टस जितेर ब्याटिङ गर्दै

 असार १२, २०७६ बिहिबार १५:२४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकपकाे आजकाे खेलमा भारतले टस जितेर वेस्ट इण्डिजविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।

इंग्ल्याण्डकाे ओल्ड ट्राफाेर्डमा हुने खेलका लागि भारतले कुनै खेलाडी परिवर्तन गरेकाे छैन । वेस्ट इण्डिजले भने दुई जना खेलाडी परिवर्तन गरेकाे छ । एभिन लेविस र एश्ले नुर्सीकाे ठाउँमा सुनिल एम्ब्रिस र फाबियन एलेनलाई टिममा राखिएकाे छ । 

भारत खेलेका सबै खेलमा अविजित रहेकाे छ भने वेस्ट इण्डिजलाई आजकाे खेल जित्नैपर्ने दबाब छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया