फ्रान्स भर्सेस उरुग्वे : उरुग्वेका गोलरक्षकको गल्तीले फ्रान्स २–० ले अगाडि

 असार २२, २०७५ शुक्रबार २१:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुसमा जारी विश्वकप २०१८ अन्तरगत आज भइरहेको फ्रान्स र उरुग्वेबीचको क्वार्टरफाइनल खेलमा फ्रान्सले २–० को अग्रता लिएको छ ।

खेलको ४० औं मिनेटमा उरुग्वेका रोड्रिगो बेन्टान्करले कोरिन्टोन टोलिस्सोलाई डिबक्स नजिकै फाउल गरेपछि रेफ्रीले फ्रीकिक दिएका थिए ।

फ्रान्सका एन्टोइन ग्रिजम्यानले हानेको फ्रीकिकलाई रफाएल भारानेले शान्दार हेड गर्दै ४० औं मिनेटमा गोलमा परिणत गरेका थिए ।

त्यस्तै खेलको ६१ औँ मिनेटमा २५ यार्ड टाढाबाट एन्टोइन ग्रिजम्यानले गरेको प्रहारलाई उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले गल्ती गर्दा फ्रान्सले २–० को अग्रता लिन पुग्यो । फर्नान्डोले रोकिसकेको बल हातबाट फुत्किएको थियो । 


 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया