बालुवाको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, तीन जना घाइते

 असार १६, २०७६ सोमबार १६:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – वित्थडचिर गाउँपालिका–५ ओसैलमा सोमबार बालुवा खानी भत्केर एक महिलाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

बालुवा खानी भत्किँदा वित्थडचिर गाउँपालिका–५ ओसैलकी  ३५ वर्षीया चाखुडी महरको ज्यान गएको गाँउपालिका अध्यक्ष प्रेमबहादुर बोहराले बताउनुभयो । घटनामा यही वडाका ३० वर्षीया गम्भा महर, ३६ वर्षकी कुटुरी महर र २८ वर्षका हरिभान महर गम्भीर घाइते भएको वित्थड प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक धनञ्जय जोशीले जानकारी दिनुभयो ।

वित्थडचिर गाउँपालिका–५ को स्वास्थ्य चौकीको नवनिर्मित भवनको निर्माणका लागि मजदुरी काम गरिरहेका उनीहरु बालुवा निकाल्न लाग्दा माथिबाट ढिस्को खसेर पुरिएका हुन् । घटना भएको स्थानीयले देखेपछि हतारमा तीन जनाको उद्घार गरेका थिए भने एक जनालाई छिटो निकाल्न नसक्दा ज्यान गएको हो । 

गम्भीर घाइते तीनै जनालाई स्थानीय देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात नेपालगञ्ज रिफर गर्ने तयारी भएको गाँउपालिकाका अध्यक्ष बोहाराले जानकारी दिनुभयो । मृतकको पोष्टमार्टमका लागि देलेख प्राथमिक स्वास्थ्य चौकीमा लगिएको प्रहरीले बताएको छ । उच्च पहाडमा रहेको यस गाउँपालिकामा गिट्टी बालुवाका लागि पहाडका भित्ताहरुबाट बालुवा निकाल्ने प्रचलन रहेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया