एसीसी यू १९ इस्टर्न रिजन क्रिकेट : सिंगापुरविरुद्ध टस जितेर नेपालले ब्याटिङ रोज्यो

 असार २०, २०७६ शुक्रबार ७:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटमा नेपाल र सिंगापुर समूह विजेताका लागि प्रतिस्पर्धा गदैछन् ।मलेसियाको किनरारा ओभल मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमबाट यू–१६का कप्तान विशाल विक्रम केसीले डेब्यू गरेका छन् । चीनविरुद्धको खेलमा उनी बाहिर रहेका थिए । चीनविरुद्धको भन्दा आज २ जना खेलाडी परिवर्तन गरिएको छ । आज विशालसँगै लोकेश बम पनि टिममा परेका छन् । कमलसिंह ऐरी र प्रतिश जिसीलाई भने विश्राम दिइएको छ ।

उमेर समूहका साथै सिनियर स्तरमा पनि नेपाल र सिंगापुर परिचित टिम हुन् । एसियाली स्तरमा हुने पायः सबै प्रतियोगितामा नेपाल र सिंगापुर खेलेकै हुन्छन । यू –१९ स्तरमा पनि यी दुई टिम जहिलेपनि खेल्दा नेपालले जित निकालेको छ ।

२०१७ मा भएको इस्टर्न रिजन च्याम्पियनसिपमा पनि नेपालले सिंगापुरलाई समूह चरणमा सात विकेटले हराएको थियो । यतिमात्र होइन, केही महिना पहिले मलेसियामा नै भएको यू–१९ विश्वकप छनोट खेलमा पनि नेपालले सिंगापुरलाई दुई सय १७ रनले पाखा लगाएको थियो । तर यो बेला वर्षाका कारण नेपालले विश्वकपमा छनोट हुन सकेको थिएन ।

अब सेमिफाइनलमा पुगेको नेपालले सिंगापुर विरुद्ध पनि जित निकालेर समूह विजेता हुने लक्ष्य राखेको छ । नेपाली टिमका प्रशिक्षक विनोद दाशले टिमको लक्ष्य जित्ने नै भए पनि कमजोर नआक्ने बताए । यसका साथै उनले यसपटक सिंगापुरको टिममा अघिल्लो पटकको भन्दा केही खेलाडी परिवर्तन भएकाले यसै भन्न सक्ने अवस्था नरहेको बताए ।

कप्तान रोहित पौडेलले पनि सिंगापुर विरुद्ध जित्ने लक्ष्य राखेपनि त्यो दिनमा कसले कस्तो खेल्छ, त्यसमा भरपर्ने बताए । समूहको पहिलो खेलमा सिंगापुरले चीनलाई आठ विकेटले हराएको थियो भने नेपालले पनि चीनलाई १० विकेटल पराजित भएको थियो ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया