देशभर मौसममा सामान्य बदली, मध्य र पश्चिमका केही भूभागमा पानी पर्ने सम्भावना

 असार २०, २०७६ शुक्रबार ८:१५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार देशभरको मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बेलुकीपख देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । 

विषेशगरी पहाडी भेगमा र तराईका केही ठाउँमा बेलुकातिर पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङगले बताउनुभयो । मध्य र पश्चिम भेगका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।

अन्य ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय अवस्थामा नभएकाले पानी परेपनि एकैछिन परेर रोकिने मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

नेपालमा समान्यतया मनसुन भित्रिने समयभन्दा १० दिन ढिलो गरी गएको असार ५ गते मनसुन भित्रिएको थियो ।  मनसुन भित्रिए पनि सक्रिय नहुँदा ठूलो पानी पर्न सकेको छैन । मनसुनी वर्षा हुनुपर्ने समयमा वर्षा हुन नसक्दा दिनप्रतिदिन उखरमाउलो गर्मी बढ्दै गएको छ ।  
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया