चितवनमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो

 असार २०, २०७६ शुक्रबार ९:४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । शुक्रबार बिहान साढे ६ बजेतिर सर्लाहीबाट इँट्टा लिएर काठमाण्डौका लागि छुटेको ना ७ ख ५७६५ नम्बरको ट्रक तुम्लिङटारमा पल्टिएको हो ।

ट्रक पल्टिँदा सह–चालक सर्लाहीका १९ वर्षीय बालकिशोर यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अर्का एक जना पुरुषको पहिचान खुलेको छैन ।

घाइते भएका चालक सर्लाहीका २४ वर्षका दीपेन्द्र शाहको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । ट्रक तुम्लिङटारको भीरमा अड्किएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया