जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह 'ए' मा रहेको नेपालले दुवै खेल जित्दै विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरमाथि २१७ रनको जित निकाल्न सफल भयो ।
नेपालले दिएको ३२७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ दशमलव १ ओभरमा १०९ रन बनाएर अलआउट भयो । सिंगापुरका तीन खेलाडीले मात्रै दोहोरो अंक जोड्न सके । हरि कुक्रेजाले ३०, कन्नुसामी सतीशले २४ तथा चन्द्रमौली श्रीदेवले २३ रन जोडे । सिंगापुरले अतिरिक्त १५ रन पाएको थियो ।
सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कुशल मल्लले ४ र तिलकराज भण्डारीले २ विकेट लिए । कुशलले ९ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिँदा तिलकले ५ दशमलव १ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिएका थिए । त्यस्तै रसिद खान र सागर ढकालले समान एक-एक विकेट बाँडे ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले रित गौतमको शतक, खडक बोहारा र कुशल मल्लको अर्धशतकमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । ओपनर रित गौतमको सानदार शतक र खडगबहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो ।
ओपनर रित र पवन सर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पवन ४५ रनको स्कोरमा आउट रितले खडगसँग मिलेर १३१ रनको शतकीय साझेदारी गरेका थिए ।
४०औं ओभरमा खडग ९० बलमा ९० रन बनाएर आउट भए । शतक बनाउनबाट चुकेका उनले १२ चौका प्रहार गरे । त्यसपछि आएका विशाल विक्रम केसी र कप्तान रोहित कुमार पौडेलले क्रमशः १ र ७ रनमात्र जोड्न सके । पाँचौं नम्बरमा आएर कुशल मल्लले विस्फोटक ब्याटिङ गरेपछि नेपालले ३२६ रनको योगफल तयार गरेको हो ।
४७ दशमलव १ ओभरमा रितले १३१ बलमा शतक प्रहार गरे । उनले डीप स्क्वायर लेगमा चौका प्रहार गर्दै शतक बनाए । रितले १३७ बलमा ११५ रनको अविजित शतकीय पारी खेले ।
कुशलले २३ बलमा ५१ रनको विस्फोटक अर्धशतकीय पारी खेले । पारीको अन्तिम ओभरमा सिंगापुरका बलर प्रणव सुदर्शनको बलमा ४ चौका र १ छक्का प्रहार गरी उनले अर्धशतक पूरा गरेका हुन् ।
बलिङतर्फ सिंगापुरका प्रणव र विनित मेहताले दुई-दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।