विश्वकप क्रिकेट: पाकिस्तान टस जितेर बंगलादेशविरुद्ध ब्याटिङ गर्दै

 असार २०, २०७६ शुक्रबार १५:६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

बंगलादेशविरुद्ध खेल्न लागेको पाकिस्तानलाई अहिलेसम्म भाग्यले साथ दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्दै ठूलो रन बनाएर बंगलादेशसलाई सस्तैमा राेक्नसके पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना बाँकी नै रहेको छ ।

टस जितेर ब्याटिङ रोजेपछि पाकिस्तानी कप्तान सरफराज अहमदले आफूलाई आजको समीकरणबारे स्पष्टरुपमा जानकारी भएको बताउँदै एउटा मौका पाएको बताए । तर उनले सम्भावना भने एकदम कम रहेको स्वीकार गर्दै वेस्ट इण्डिजसँग हार्नु नै दुर्भाग्य भएको बताए । विश्वकपलाई सुखद् बिदाइको रुपमा आफूले लिएको पनि उनकाे भनाइ छ । 

बंगलादेशका कप्तान माश्रफे मोर्तजाले सब्बिर रहमानको ठाउँमा महमुदुल्लाह टिममा आएको बताउँदै सब्बिर र रुबेल भने आज नखेल्ने जानकारी दिए । आफ्नो अन्तिम विश्वकप भएको बताउँदै मोर्तजले पाकिस्तानसँग राम्रो क्रिकेट खेल्ने प्रतिक्रिया दिए ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया