राजमार्गमा सशस्त्रकाे एम्बुलेन्सः एकै पटक १५ जना घाइतेकाे उद्धार गर्न सकिने

 असार २०, २०७६ शुक्रबार १८:२१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुर्घटनामा परेर घाइते भएकाहरुको तत्काल उपचारमा सहयोग पुर्‍याउन सशस्त्र प्रहरी बलले अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । 

विशेषगरी राजमार्गमा हुने दुर्घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले आठ ओटा एम्बुलेन्स सञ्चालनमा ल्याएको हाे । जसका लागि सशस्त्र प्रहरी बलले झण्डै चार करोड खर्चिएर भारतबाट आठ ओटा एम्बुलेन्स खरिद गरेको हो । 

खरिद गरिएको एम्बुलेन्सहरु उपत्यका, कुरिनटार, कैलालीको अत्तरिया, कोशी ब्यारेज, इटहरी, बाँके र चन्द्रौटामा राखिनेछ । 

अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा आएसँगै घाइतेहरुलाई राहत पुग्ने सशस्त्र प्रहरी बलले जनाएको छ । ‘दुर्घटना हुने क्षेत्रलाई लक्षित गरेर ठाउँठाउँमा एम्बुलेन्स राखिएको छ । यात्रुहरुको सुरक्षालाई ध्यानमा राखेर नै एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ’, सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले भन्नुभयो ।  

त्यस्तै राजमार्गका विभिन्न ठाउँमा हुने लुटपाट र आपराधिक घटना नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले इमिडेट्ली रेस्पोन्स टिम (आईआरटी) खटाएको छ । यो टिममा सयभन्दा बढी ठाउँमा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । 

सशस्त्रले सञ्चालनमा ल्याएको एम्बुलेन्स अहिले सञ्चालनमा आएका एम्बुलेन्सभन्दा ठूलो भएकाले यसमा एकै पटक १२ देखि १५ जना घाइतेहरुको उद्धार गर्न सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मीसहित प्राथमिक उपचारको व्यवस्था गरिएको छ ।  

‘दुर्घटनामा परेका घाइतेहरुलाई सहज र तत्काल अस्पतालमा उपचारका लागि पुर्‍याउने उद्देश्यले यो सेवा सञ्चालन गरिएको हो । यो सेवा प्रभावकारी देखिएको र आवश्यक परेका खण्डमा थप विस्तार गर्न सकिन्छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया