कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डाै - उद्योगी–व्यवसायी महिलाहरुको एक समूहले वीर अस्पतालमा उपचार गराइरहेका दुई बिरामीलाई आर्थिक सहायता गरेका छन् ।
१ सय १ जना महिला सहभागी रहेकाे ‘नारीको साथी साथीको माया’ नामक समूहले शुक्रबार गोरखा बारपाककी माया घले र नाम थर नखुलेकी करिब ६० वर्षकी बेसहारा वृद्धाको उपचारमा सहयोग गरेको हो । समूहका तर्फबाट समूहकी सदस्य अन्जना ताम्राकारले रकम हस्तान्तरण गर्नुभयाे ।
घले स्तन क्यान्सर र ओभरियो (नशामा मासु जम्ने) क्यान्सरबाट पीडित हुन् ।
समूहले घलेलाई १० हजार र वृद्धालाई २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको हाे । दुवै बिरामी आर्थिक अवस्थाका कारण उपचार गर्नै नसक्ने अवस्थामा रहेकाले आफूहरुले सहयोग गरेका ताम्राकारले बताउनुभयाे । अबदेखि हरेक महिनाको एक दिन संस्थाका तर्फबाट दुई बिरामीलाई उपचारमा आर्थिक सहायत प्रदान गरिने महिला चेम्बर अफ कमर्सकी सचिव लीमा अधिकारीले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।