शोएब मलिकले लिए एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

 असार २१, २०७६ शनिबार ८:२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानी अलराउण्डर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३७ वर्षीय क्रिकेटर मलिकले पाकिस्तानको समूह चरणको अन्तिम खेलसँगै सन्यास लिएका हुन् । तर उनी भारतविरुद्धको खेलपछि पाकिस्तानी टिमको प्लेयिङ सेटमा परेका थिएनन् । बंगलादेशविरुद्धको खेलमा जित निकाले पनि रनरेटमा पछि पर्दै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ ।

खेलपछि मलिक मैदानमा पुग्दा पाकिस्तानी खेलाडीले उनलाई ‘गार्ड अफ अनर’ दिएका थिए ।

२० वर्षे एकदिवसीय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गर्दै मलिकले भने, ‘मैले पहिला पनि भनेको थिए, यो मेरो विश्वकपपछि ए दिवसीय क्रिकेटबाट सन्यास लिन्छु भनेर, त्यसैले आज मैले यो घोषणा गरेको हुँ, जसले मलाई साथ दिए उनीहरु सबैलाई धन्यवाद ।’ 

मलिकले १९९९ को अक्टुबरमा वेस्टइण्डिजविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । पाकिस्तानका लागि २८७  एकदिवसीय क्रिकेटमा ९ शतक, ४४ अर्धशतकका साथ ७ हजार ५ सय ३४ रन बनाए । यसैगरी उनको नाममा १५८ विकेट पनि छ ।

यसैगरी ३५ टेस्ट म्याचमा ३ शतक र ८ अर्धशतकका साथ १८९८ रन बनाउँदा टी –२० सात अर्धशतक सहित २ हजार २ सय ६३ रन बनाएका छन् । पाकिस्तानका लागि उनले १११ टी–२० खेलेका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया