कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डौ – मौसमविद्ले अब बिस्तारै पानी पर्ने क्रम बढ्ने बताएका छन् ।
मनसुनी रेखा भारतबाट उत्तरतिर सर्न थालेको र नेपालभन्दा मुनि रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले अब नेपालमा पानी पर्न थाल्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
मनसुनी रेखा भारतबाट उत्तरतिर सर्दा नेपालमा पानी पर्न थाल्ने उहाँको भनाइ छ । केही समयदेखि नेपालभन्दा मुनि रहेको न्यूनचापीय क्षेत्र सक्रिय हुँदा राम्ररी पानी पर्न नसकेको हो । यसले गर्दा धेरै ठाउँमा रोपाइँ हुन सकेको छैन । धेरै ठाउँमा खडेरी पर्दा धानको बीउ सुकिसकेको छ । तर अब भने किसानलाई केही राहत पुग्ने भएको छ ।
अब यो क्षेत्र कमजोर हुँदै गएकाले अब विस्तारै पानी पर्ने क्रम बढ्ने उहाँले बताउनुभयो । तर तत्काल लगातार झरीको सम्भावना भने नरहेको मौसमविद् कँडेलको अनुमान छ । यसकै प्रभावले अहिले पश्चिमको धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार राति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । महाशाखाका अनुसार शनिबार पश्चिमको एकद दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्छ । यस्तै मध्य र पूर्वमा पनि शनिबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।