आईसीसी विश्वकप क्रिकेटः भारतविरुद्ध श्रीलंका टस जितेर ब्याटिङ गर्दै

 असार २१, २०७६ शनिबार १५:८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत लिग चरणकाे ४४ औँ खेलमा भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । लिड्सको हेडिङले मैदानमा हुने खेलमा श्रीलंकाले भारतविरुद्ध टस जित्दै पहिला ब्याटिङ रोजेको छ । 

भारत यो खेल जित्दै अंकतालिकाकाे शीर्षस्थानमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ भने सेमिफाइनल यात्राबाट बाहिरिइसकेको श्रीलंका अन्तिम खेलमा जित निकाल्दै घर फर्किन चाहन्छ । 

भारत १३ अंकका साथ दोस्रो स्थनमा रहेकाले आज विजयी भए १५ अंक पुग्ने छ । उता अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा अस्ट्रेलिया विजयी भए भारत दोस्रो स्थानमै यथावत हुने छ ।

यस्तो भएमा सेमिफाइनलमा शीर्ष स्थानको अष्ट्रेलियाले चौथो स्थानको न्यूजिल्याण्डसँग प्रतिपर्धा गर्दा दोस्रो स्थानको भारतले तेस्रो स्थानको इंग्ल्याण्डसँग खेल्नुपर्ने छ ।

यी दुई टोली अहिलेसम्म विश्वकपमा आठ पटक आमनेसामने भएका छन् । जसमा ४ पटक श्रीलंकाले जित्दा भारतले ३ पटक जितेको छ । बाँकी एक खेल भने बराबरीमा रोकिएको छ । 

आजको खेलमा भारतले दुई खेलाडी परिवर्तन गरेको छ । युजवेन्द्र चाहल र मोहम्मद शामीलाई आराम दिँदा उनीहरुको स्थानमा कुलदीप यादव र रवीन्द्र जडेजाले खेल्नेछन् । 

श्रीलंकाले भने एकमात्र खेलाडीमा परिवर्तन गरेको छ । उसले जेफ्रे भण्डरसेको स्थानमा थिसारा परेरालाई खेलाएको छ । 

त्यस्तै शनिबार हुने अर्काे खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया