यू–१९ इस्टर्न रिजन क्रिकेट फाइनलमा हङकङविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो

 असार २४, २०७६ मंगलबार ७:३४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै छ । मलेसियाको किनरारा ओभल मैदानमा हुने फाइनलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको एउटा स्थानका लागि नेपाल र हङकङबीचको विजेताले ठाउँ पाउने छ ।

एसिया कपको छनोट प्रतियोगिताका रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनमा सबै प्रतिष्पर्धीहरु पाखा लागिसकेका छन् ।

नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । मंगलबार पनि विशालविक्रम केसी, प्रतिस जीसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै कमलसिंह ऐरी र रसिद खान पनि खेल्दैछन् ।

हङकङविरुद्धको प्लेयिङ ११

रोहित कुमार पौडेल कप्तान
पवन सर्राफ
हरि बहादुर चौहान
रित गौतम
भिम सार्की
सागर ढकाल
कमल सिंह ऐरी
रशिद खान
तिलक राज भण्डारी
खडक बोहरा
कुशल मल्ल
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया