मदन पुरस्कार-२०७५ का लागि ७ कृति मनोनयनमा

 असार २५, २०७६ बुधबार १४:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मदन पुरस्कार-२०७५ का लागि सात वटा पुस्तक (कृति) मनोनयनमा परेका छन् ।

मदन पुरस्कार गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मनोनयनमा परेका सात ओटा कृतिको नाम सार्वजनिक गरेको छ । गुठीमा प्राप्त भएका २५७ कृतिहरुबाट उत्कृष्ट सात कृति छानिएको हो । 

मनोनयनमा परेका कृतिहरुमा सानु शर्माको 'एकादेशमा', बिन्दु शर्माको 'ओक्कल दोक्कल पिपल पात', कुमार नगरकोटीको 'ज्ञ' र छुदेन काविमोको 'फातसुङ' रहेका छन् । 

त्यस्तै महेश थापाको 'मरीचिका,' योगेश राजको 'रणहार' र ध्रुव सापकोटाको 'विचारको लाश' उत्कृष्ट सातमा अटाएका छन् । 

मनोनयनमा परेका यी सात वटा कृतिमध्ये एकलाई २०७५ सालको मदन पुरस्कार प्रदान गरिनेछ । मदन पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया