लाजिम्पाटमा कारको ठक्करबाट एक जनाको मृत्यु

 असार २६, २०७६ बिहिबार ८:२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लाजिम्पाटमा कारको ठक्करबाट एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । 

बुधबार राति सांग्रिला होटल अगाडि बा ५ च मात्र खुलेको रातो रंगको कारले बा ९३ प २०५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भिमबहादुर गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । 

उहाँको ठेगाना खुल्न बाँकी रहेको पनि प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको हो । दुर्घटनामा स्कुटरको पछाडि बसेका स्याङजाका सन्तोष घर्तीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ । 

ठक्कर दिएपछि भागेको कारको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया