बुटवल जान हिँडेका नवलपरासीका सौगात नौ दिनदेखि सम्पर्कविहीन

 असार २६, २०७६ बिहिबार ११:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नौ दिनदेखि सम्पर्कविहीन भएका नवलपरासीको मध्यविन्दु–२ कोलुवाका सौगात अधिकारीलाई कसैले देखे भेटेको भए खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।

असार १७ गते घरबाट बुटबल जाने भनेर हिँडेका २८ वर्षीय अधिकारी त्यसपछि घर नफर्किएकाले कहिँ कतै भेटिए खबर गरिदिन परिवारले अनुरोध गरेको हो । बुटवल जान्छु भनेर हिँडेको दिन राति सौगातले आफू हेटाैँडामा साथीहरुसँग रहेको र केही दिनमा घर फर्किने बताएको र त्यसपछि सम्पर्क नभएको उहाँका मामाका छोरा नितेश सापकोटाले जानकारी दिनुभयो ।

कावासोतीमा कन्सल्ट्यान्सी दर्ता गरेर कार्यालय खोल्न सजावटको काम समेत सकिसकेका बेला भाइ सम्पर्कविहीन भएको उहाँले जानकारी दिनुभयो । उहाँलाई कसैले देखे वा भेटे फोन नम्बर ९८४७२५३७७६, ९८६७८५६१४२, ९८०१०८६४२६, ९८१८५५६५६३ मा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको हो ।

अन्तिम अपडेट: साउन १, २०७६

तपाईको प्रतिक्रिया