जीपले मोटरसाइकललाई ठक्कर दिँदा गाउँपालिका अध्यक्ष घाइते

 असार २६, २०७६ बिहिबार १२:१६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङबेसीको घरबाट गाउँपालिका कार्यालयतर्फ जाँदै गर्दा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल दुर्घटनामा घाइते हुनुभएको छ । बा ९१ प ३६३९ नम्बरको मोटरसाइकलमा कार्यालयतर्फ जान लाग्नु भएका सिलवाललाई बा १४ च १६४४ नम्बरको जीपले ठक्कर दिएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक धर्मराज सिलवाल र पछाडि बसेका गाउँपालिका अध्यक्ष सिलवाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

जीपले गाडी उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते गाउँपालिका अध्यक्षको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ ट्रमा अस्पतालमा पठाइएको छ । उहाँको अवस्था सामान्य रहेको डाक्टरले बताएका छन् ।

दुर्घटनापछि ठक्कर दिने गाडी र चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया