मेची राजमार्ग अवरुद्ध : पहिरो पन्छाउन समस्या

 साउन २, २०७६ बिहिबार १९:२८:१७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – सडकमाथिबाट पहिरो झरेपछि अवरुद्ध भएको मेची राजमार्गमा पहिरो पन्छाउन समस्या भएको छ ।

राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३, को पाँग्रेभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि अवरुद्ध भएको राजमार्गमा पहिरो नरोकिएपछि पन्छाउन समस्या भएको हो ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् । वैकल्पिक बाटोसमेत नभएकोले यात्रुलाई समस्या भएको छ । बिहीबार बिहानदेखि पन्छाउने प्रयास भए पनि पहिरो जाने क्रम नरोकिएपछि पन्छाउन नसकिएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिमल्सिनाले बताउनुभयो ।

पहिरोसँगै ठूला–ठूला चट्टान झरेकाले शुक्रबार दिउँसोभरमा समेत पन्छाउन कठिन रहेको उहाँले बताउनुभयो । साना एक्स्काभेटरले पहिरो पन्छाउन सम्भव नभएकाले ठूला मेसिन ल्याउनुपर्ने देखिन्छ ।

पहिरो गएपछि सयाैँ गाडीहरु रोकिएका छन् । रोकिएका यात्रुलाई वारि–पारि पैदल गराएर वारिपारिका गाडीमार्फत गन्तव्यतर्फ पठाउने काम भइरहेको छ । यो राजमार्गबाट पाँचथरको सदुरमकाम फिदिम हुँदै ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रमा सवारी सञ्चालन हुने गर्दछ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया