तमोर नदीले बगाएर २ युवा बेपत्ता

 साउन ४, २०७६ शनिबार २०:२३:४६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - हिलिहाङ गाउँपालिका–५, सुभाङका दुई युवा तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।

सुभाङबाट तेह्रथुमको आठराई गाउँपालिकाकाे सिमखर्कमा पाहुना गएका अन्दाजी १७/१८ वर्षका जीवन सुहाङ र सन्दिप सेंवा शुक्रबार तमोर नदीमा बगेर बेपत्ता भएका हुन् । पाहुना गएका दुवै युवा शुक्रबार दिउँसो स्थानीय सँग मिलेर तमोर नदीमा माछा मार्न गएका बेला तमोर नदीले बगाएर बेपत्ता भएका हिलिहाङ गाउँपालिका–५ का वडाध्यक्ष लक्ष्मीप्रसाद सुहाङले बताउनुभयाे ।

स्थानीयसँग नदीमा माछा मार्न गएका बेला सुहाङ र सेंवा नदीले बगाएको र घटनाको बारेमा सँगै गएका साथीहरुले शनिबार बिहान मात्र अरुलाई जानकारी गराएका थिए । बेपत्ता दुवै जनाको शनिबार दिनभर नदी किनार आसपास खोजतलास गरिए पनि भेट्न नसकिएकाे वडाध्यक्ष सुहाङले बताउनुभयो ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया