देशभरी नै झरी : आज र भोलि पूर्व र पश्चिममा ठूलो वर्षा, पर्सि भने मध्य र पश्चिममा

 असार २५, २०७५ सोमबार ७:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अबको तीन दिन लगातार झरी पर्ने अनुमान गरिएको छ । तीन दिन सम्म सामान्यदेखि ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने मौसमविद्ले बताएका छन् ।

अन्य ठाउँको तुलनामा आज र भोलि पूर्व र पश्चिमका क्षेत्रमा ठूलो वर्षाको अनुमान गरिएको छ । यस अघि परेको पानीले जमिन भिजिसकेकाले अब पर्ने पानी पछि पहिरो र बाढीको जोखिम हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो । 

आज दिनभरीनै देशभरी नै मौसम बद्ली भई धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने उहाँले बताउनुभयो । पूर्व र पश्चिका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । 

यस्तै भोलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । भोलि पनि  पूर्व र पश्चिमा ठूलो पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । पर्सि भने  मध्य र पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ । अरु क्षेत्रमा सामान्य र मध्यम  पानी पर्ने मौसमविद्ले बताएका छन् । 

मनसुनको समयमा रातिको समयमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । ठूलो वर्षा हुँदा बाढी पहिरोको सम्भावना रहने र रातमा निदाईने हुँदा क्षति हुने जोखिम धेरै रहन्छ । आफ्नो घर बाढी पहिरोको जोखिममा रहे–नरहेकोबारे जानकारी राख्न र सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् । 
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया