देशभर मनसुनी प्रभाव, मध्य र पश्चिममा ठूलो वर्षा हुने

 असार २६, २०७५ मंगलबार ८:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आज पनि  देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज हिजो अस्तिको भन्दा धेरै पानी पर्नेछ । मनसुन सक्रिय भएकाले अस्तिदेखि नै केहीबेर रोकिँदै पानी परिरहेको छ । मौसम एकैछिन खुलेपनि फेरि बदली भइ पानी पर्ने उहाँको अनुमान छ ।

सामान्यतया मनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भइ बेलुकीदेखि पानी पर्ने उहाँको भनाई छ । यस्तै नजिकै पानी पर्दा अर्को ठाउँमा नपरेको पनि छ । गएको २४ घण्टामा लुम्लेमा १ सय ९ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज दोलखा, सिन्धुपाल्चोक, रसूवा, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, कास्की, दैलेख, डोटी र डडेलधुरा हुँदै बग्ने खोला र नदीमा ठूलो बाढी आउँने संभावना भएकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । यसैगरी भिरालो जमिन र यसअघि पहिरो गएको ठाउँमा पनि सावधानी अपनाउन शाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया