लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क–१०, अर्घामा निर्माण हुन लागेको अर्घा–भगवती विमानस्थलको बुधबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले रिबन काटेर विमानस्थल निर्माणको शुभारम्भ गर्नुभएको हो । ५ करोड ६९ लाखको लागतमा विमानस्थलको रनवेको काम बुधबारदेखि सुरु गरिएको हो ।
पुष्पा जेभी कन्स्ट्रक्सनले विमानस्थल निर्माणको जिम्मा पाएको छ । बुधबारदेखि निर्माण कार्य सुरु भएको विमानस्थल २०७७ साल ७ महिना ५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने छ ।
शुभारम्भ कार्यक्रममा प्रतिनिधि सभा सदस्य रायमाझीसहित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का ‘उज्ज्वल’, प्रदेश सभा सदस्यद्वय चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।