नागढुंगामा जाम: एकतर्फी गाडी सञ्चालन

 साउन २६, २०७६ आइतबार १८:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाैकाे मुख्य नाका नागढुंगामा यतिबेला गाडीहरुको लामो जाम छ ।

नागढुंगा नौबिसे सडकखण्डको पिप्लामोडमा बस बिग्रिएकाले जाम भएकोले अहिले यो सडकमा एकतर्फी गाडी पास भइरहेको ट्राफिक प्रहरीले जनाएकाे छ । साँघुरो सडक र गाडीको संख्या धेरै हुँदा दिनहुँजसो यो सडकखण्डमा जाम हुने गरेको छ ।

बिग्रिएको बस नबनेसम्म एकतर्फी गाडी गुड्ने हुँदा जाम अझै बढ्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ । काठमाण्डाैसँग जोडिएका अरु नाकामा भने यतिबेला गाडीको आवागमन सामान्य रहेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया