अछाममा भालुको आक्रमणबाट ३ जना घाइते

 साउन ३१, २०७६ शुक्रबार १४:२९:१७ | चन्द्र थापा
unn.prixa.net

अछाम - मंगलसैन नगरपालिका वडा नम्बर-७ मा  जंगली जनावर भालुको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

भालुको आक्रमणबाट नम्बर-७, का ५० वर्षीय प्रेम ढुंगाना, २ वर्षीय बालक ओम प्रकाश दमाई र ७ वर्षीया बालिका उर्मिला दमाई घाइते भएका हुन् । शुक्रबार बिहान साढे सात बजे बारीमा मकै खाइरहेको भालुले आक्रमण गरेको हो । 

घाइतेहरुकाे जिल्ला अस्पताल मंगलसैनमा उपचार भइरहेकाे छ । घाइतेमध्ये प्रेम ढुंगानाकाे अवस्था गम्भीर रहेकाे बताइएको छ । यसरी घर नजिकै आएर आक्रमण गरेपछि स्थानीयहरु त्रसित भएका छन् । 

 

अन्तिम अपडेट: चैत २९, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया