भदौ १० देखि नाडा अटो शो

 भदौ २, २०७६ सोमबार ८:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको भृकुटीमण्डपमा भदौ १० गतेदेखि नाडा अटो शोको १४ औं संस्करण शुरु हुने भएको छ । नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले आइतबार पत्रकार सम्मेलन गरेर यो वर्ष ठूला र साना गरी १ सय ६० ओटा स्टल र ब्लकहरु रहने जनाएको छ ।

प्रदर्शनीमा २३ ब्राण्डका चार पांग्रे, १९ ओटा ब्राण्डका दुई पांग्रे, १२ ओटा ब्राण्डका लुब्रिकेन्ट, ९ ओटा ब्राण्डमा टायर, ५ ओटा ब्राण्डमा ब्याट्री, १४ ओटा पार्ट पुर्जा एवं ग्यारेज उपकरण कम्पनी र १३ ओटा वित्तीय संस्थाहरुको सहभागिता रहने नाडाका अध्यक्ष शम्भु प्रसाद दाहालले जानकारी दिनुभयो ।

६ दिनसम्म चल्ने अटो शोमा ७५ हजारले अवलोकन गर्ने नाडाको विश्वास छ । यो वर्ष कभर्ड हल, ठुलो चौर र बगैचामा समेत स्टल राखिने दाहालले जानकारी दिनुभयो ।

अवलोकनकर्ताहरुको सजिलोको लागि पार्किङको पर्याप्त व्यवस्था गरिएको नाडाका सचिव अनुप कुमार बरालले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया