अछाममा जीप दुर्घटना, तीन जनाको मृत्यु

 भदौ ५, २०७६ बिहिबार ८:१२:३३ | चन्द्र थापा
unn.prixa.net

अछाम – जीप दुर्घटना हुँदा अछाममा तीन जनाको ज्यान गएको छ । 

रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जीप बान्नीगढी जयगढ गाउँपालिका–५ लिडिको सुकिबाग भन्ने ठाउँमा बुधबार राति करिब साढे ८ बजे दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियार, यही ठाउँमा काले परियार र बैतडी घर भएका जीपका चालक लाल बोहोराको ज्यान गएको अछाम प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अशोक परियारको घटनास्थलमै र अन्य २ जनाको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको हो ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जञ्जिर चौधरी र कैलाली धनगढी उप–महानगरपालिकाका घनश्याम चौधरी रहेका छन् ।

उनीहरुको  बयालपाटा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया