टाटा एच फाइभ नेपाली बजारमा सार्वजनिक

 भदौ ११, २०७६ बुधबार १०:४०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सिप्रदीले भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ सार्वजनिक गरेको हो । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एच फाइभको नेपाली बजारमा सुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग केही दिन अघि खुला गरिएको हो । टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ । टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एच फाइभले नेपाली एसयूभीले बजारमा आमूल परिवर्तन ल्याउने बताउनुभयो ।

नेपाली बजारमा टाटा एच फाइभ सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एच फाइभ उत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभयो ।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । 

आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्ट स्टप, सेमिडिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टिफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया