एउटै बाइकको मूल्य ७३ लाख, कुन बाइककाे मूल्य कति ? (सूचीसहित)

 भदौ ११, २०७६ बुधबार २०:३१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मगंलबारबाट काठमाण्डौको भृकुटीमण्डपमा १४ औँ नाडा अटो शो सुरु भएको छ । कार, मोटरसाइकल, गाडीका लागि चाहिने आवश्यक सामान एउटै छानामुनि पाइने नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल्स्को मेला हो । 

नाडा अटो शो मा जाने पारखीहरु आफ्नो इच्छा अनुसार र आफूलाई चाहिने कुराहरुमा बढी केन्द्रित भएको पाइन्छ  । र पछिल्लो समय मोटरसाइकलको आकर्षण नेपालमा बढ्दै गएको छ र नाडामा एकै छानामुनि स्वदेशी र विदेशी ब्राण्डका मोटरसाइकलहरु आकर्षक छुट र अफरहरुका साथ प्रर्दशनीमा राखिएको छ ।

यस्ता छन्, नाडा अटो शोमा राखिएका मोटरसाइकल ब्राण्ड अनि त्यसमा ग्राहकले पाउने आर्कषक अफरहरु–

एमभी अगस्टा    

इटालियन कम्पनी एमभी अगस्टा यो वर्ष नाडा अटो शोमा सार्वजनिक भएका दुई पाङग्रे सवारीमा सबैभन्दा महङ्गो सवारी हो ।

यो वर्ष मात्रै नाडामा सहभागिता जनाएको एमभी अगस्टाको मूल्यले सबैलाई चकित पारेको छ । एमभी अगस्टा ब्राण्डका माेटरसाइकल सबैभन्दा मह‌ंगा रहेका छन् । आफ्नो ६ ओटा मोडल सार्वजनिक गरेको एमभी अगस्टाले ग्राहकहरुका लागि तीन वर्षको वारेण्टी र तीन वर्ष निःशुल्क सर्भिसिङको व्यवस्था गरेको छ । 

एमभी अगस्टाका विभिन्न मोटरसाइकलका मूल्य सूची

बीएमडब्ल्यू 

कारको दुनियाँमा निकै चर्चित मानिने बीएमडब्ल्यूले यो वर्ष नाडा अटो शोमा आफ्नो मोटरसाइकल पनि उतारेको छ ।

३० हजार नगद छुटसहित पूर्ण बीमा, पहिलो सर्भिसिङमा इञ्जिन आयल र फिल्टर निःशुल्क परिवर्तन तथा तीन वर्षसम्म असीमित किलोमिटर गुड्दा पनि वारेण्टीको व्यवस्थासहित बीएमडल्ब्यूले आफ्नो २ मोडल विभिन्न रङ्गमा प्रर्दशनीमा ल्याएको छ ।

बीएमडब्ल्यूका विभिन्न मोटरसाइकलका मूल्य सूची

रोयल इन्फिल्ड

भारतमा उत्पादन हुने रोयल इन्फिल्डका पारखीका लागि नाडा अटो शोमा रोयल इन्फिल्डले आफ्नो ६ ओटा मोडलका मोटरसाइकलहरु प्रर्दशनीमा राखेको छ ।

३४६ सीसीको थण्डरबर्ड एक्स, ४११ सीसीको हिमालयन,  ३५० सीसीको क्लासिक र ३५० सीसीकै बुलेट इलेक्ट्रालाई मुख्य आर्कषणको रुपमा रोयल इन्फिल्डले प्रस्तुत गरेको छ । नाडा अटो शोमा आएर बुकिङ गर्ने ग्राहकका लागि भनेर रोयल इन्फिल्डले लेग गार्ड र हेलमेट  निःशुल्क पाइने व्यवस्था गरेको छ । 

रोयल इन्फिल्डका विभिन्न मोटरसाइकलको मूल्य सूची 

बेनेली

इटालियन कम्पनी बेनेली नाडा अटो शोमा टीएनटी १५, टीएनटी १५० आई, बी एन २५१,  टीएनटी ३२० एस, लियोकिनो २५१, टीआरके २५१ जस्ता ६ ओटा मोटरसाइकल प्रर्दशनीमा राखेको छ ।

बेनेलीका विभिन्न मोटरसाइकलको मूल्यसूची र नाडाका लागि विशेष अफर 

सीएफ मोटो

सीएफ मोटो नेपालले यो वर्ष नाडा शोका लागि आफ्नो ६ ओटा मोटरसाइकल प्रर्दशनमा उतारेको छ । १० हजारदेखि ३० हजारसम्मको छुटमा सीएफ मोटोले १५० एनके, २५० एनके एबीएस, ४०० एनके एबीएस, ४०० जीबीटी एबीएस, ६५० एनके एबीएस र ६५० एमटी एबीएस जस्ता मोडलका मोटरसाइकल सार्वजनिक गरेको छ । 

सीएफ मोटोका विभिन्न मोटरसाइकलको मूल्य सूची  

जीपीएक्स

थाइल्याण्ड कम्पनीले पनि नाडा शोमा मोटरसाइकल पारखीका लागि आफ्नो ६ ओटा मोडल सार्वजनिक गरेको छ । १५ हजारदेखि ४० हजारसम्मको छुटसहित नाडा अटो शोमा जीपीएक्सका रेजर २२०, जेन्टलम्यान रेसर २००, लेजेण्ड २००, लेजेण्ड जेन्टलम्यान, लेजेण्ड १५०, डेमोन १५० जीएन सोकेस प्रदर्शनमा राखेको छ । 

जीपीएक्सका विभिन्न मोटरसाइकलको मूल्यसूची र नाडाका लागि विशेष अफर 

 

रनर

लोकप्रिय बङ्गलादेशी मोटरसाइकल कम्पनी रनरले पनि यो वर्ष आफ्नो बाइक र स्कुटर  नाडा अटो शोमा राखेको छ । रनरले आफ्नो विभिन्न ६ ओटा मोडल प्रर्दशनीमा राखेको छ ।

रनरका विभिन्न मोटरसाइकलको मूल्य सूची र नाडाका लागि विशेष अफर 

भेस्पा र अप्रिला    

पछिल्लो समय निकै लोकप्रिय ब्राण्ड हुन्, अप्रिला र भेस्पा । इटालियन कम्पनी भेस्पा र अप्रिलाका विभिन्न मोडेलहरु नाडा अटो शोमा देख्न सकिन्छ ।

नाडा अटो शो विशेष अफरमा फोनमार्फत भेस्पा र अप्रिलाको बारेमा बुझ्ने ग्राहकमध्ये भाग्यशाली ग्राहकले जीप फ्लायर, प्याराग्लाइडिङ, र्‍याफ्टिङको कुपन पनि जित्न सक्नेछन् । त्यस्तै १५ हजार भन्दामाथिको साम्रागीहरु पाउनु साथै तुरुन्तै ५–५० हजारसम्मको नगद छुट पाउने व्यवस्था गरिएको छ । अप्रिला र भेस्पा विभिन्न रङ्गमा पाइने समेत कम्पनीले जनाएको छ । 

भेस्पा र अप्रिलाका विभिन्न स्कुटरको मूल्य सूची 

यामाहा

जापानी कम्पनी यामाहाले पनि नाडा अटो शोमा आफ्नो उपस्थिति बलियो रुपमा देखाएको छ । आफ्नो सबैजसो मोडलमा मोटरसाइकल र स्कुटरलाई सार्वजनिक गरेको यामाहाले भाद्र १४ गतेबाट चल्ने यामाहा महा एक्सचेन्ज मेलामा पाइने सुविधालाई नै नाडा अटो शोमा दिएको छ ।

जस अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डका स्कुटर वा मोटरसाइकल सट्टापट्टामा बजार मूल्याङ्कनभन्दा २० हजार बढी दिइने, ७००० देखि १ लाखसम्मको नगद छुट, निःशुल्क सामाग्री, अनस्पट फाइनान्सको व्यवस्था जस्ता अफरहरु पाउने भएका छन् । 

यामाहाका विभिन्न स्कुटर, मोटरसाइकलका मूल्यसूची

हिरो

इण्डियन कम्पनी हिरोका मोटरसाइकल र स्कुटरहरु नेपालमा पनि निकै लोकप्रिय छन् । निश्चित ५ हजार छुटसहित हिरोले १ हजारदेखि १ लाखसम्मको स्क्र्याच कुपनका साथै एक जनाले बम्पर उपहारमा १ लाखसम्म जित्न सक्ने अफरसहित हिरोले आफ्ना विभिन्न मोडलका मोटरसाइकल र स्कुटर सार्वजनिक गरेको छ ।

हिरोका विभिन्न स्कुटर, मोटरसाइकलका मूल्यसूची 

होण्डा

होण्डाले पनि आफ्नो विभिन्न मोडलका स्कुटर र मोटरसाइकलसहित नाडा अटो शोमा सहभागिता जनाएको छ । १ लाख ५० हजार लाखदेखि २२ लाखसम्मको होण्डाका दुई पाङ्ग्रे सवारी नाडामा देख्न सकिन्छ ।

होण्डाले नाडा केन्द्रित गरेर २२ लाख ७५ हजार पर्ने सीबी ४०० एके मोडलको मोटरसाइकलमा ३० हजार छुट गरेको छ भने अन्य सबैमा लागू हुनेगरी ४० हजारदेखि १ लाखसम्मको स्क्र्र्याच कुपन, मोटरसाइकलको पार्टपुर्जामा १० प्रतिशतको छुट, निःशुल्क सर्भिसका साथै ५ वर्षको वारेण्टीको व्यवस्था गरेको छ । 

होण्डाका विभिन्न स्कुटर, मोटरसाइकलको मूल्यसूची

जिनियस    

नाडा अटो शोमा दुई पाङ्ग्रे सवारी खोज्नेहरुका लागि अर्काे विदेशी ब्राण्ड हो, जिनियस  । यो वर्ष नाडा अटो शोमा सहभागिता जनाएको जिनियसले आफ्नो २ ओटा स्कुटरसहित  ४ ओटा स्पाेर्ट मोटरसाइकल सार्वजनिक गरेको छ । विद्युतीय मोटरसाइकलमा निकै आकर्षक जिनियसले हरेक आफ्नो उत्पादनमा २० हजारको छुट दिएको छ । 

जिनियसका विभिन्न स्कुटर, मोटरसाइकलका मूल्यसूची

सुजुकी

जापानी अटो कम्पनी सुजुकीले यो वर्ष पनि आफ्नो कार र मोटरसाइकल नाडा अटो शोमा राखेको छ । सुजुकीले नाडा अटो शोमा कुनै पनि छुट र अफरको व्यवस्था गरेको छैन । 

सुजुकीका विभिन्न स्कुटर, मोटरसाइकलका मूल्यसूची 

बजाज

नेपालमै निकै लोकप्रिय मानिने मोटरसाइकल हो, पल्सर । बजाज कम्पनीको यो मोटरसाइकल सडकमा जता पनि देख्न सकिन्छ । पल्सर मोटरसाइकलले पनि आफ्नो चलेको ओटा मोटरसाइकलको मोडलसहित नाडा अटो शोमा भाग लिएको छ । 

बजाजका मोटरसाइकलका मूल्यसूची

टीभीएस 

नेपाली बजारमा चलेको अर्काे दुई पाङ्ग्रे सवारी ब्राण्ड हो, टीभीएस । यो वर्षको नाडा अटो शोका लागि टीभीएसले दुई ओटा अफर ल्याएको छ– प्रिपर्चेज र पोस्ट पर्चेज ।

प्रिपर्चेज अन्तर्गत घर बसेरै रजिस्टर गर्ने ग्राहकले ५ हजारदेखि १ लाखसम्मको नगद छुट पाउन सक्छन् भने पोस्ट पर्चेजमा शो रुममा गएर किन्दा ५ हजारदेखि शतप्रतिशत रकम फिर्ता पाउन सक्छन् ।

टीभीएसका मोटरसाइकल र स्कुटरको मूल्यसूची

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया