नरिवल बेच्ने युवकलाई कुटेको भिडियो खिचेको भन्दै प्रहरीले अर्का युवकलाई पनि कुट्यो

 भदौ १२, २०७६ बिहिबार २०:११:३७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरको फुटपाथमा नरिवल बेच्ने र भिडियो खिच्ने दुवैलाई प्रहरीले कुटपिट गरेका छन् ।

बिहीबार दिउँसो जनकपुरको जानकीचोकको फुटपाथमा नरिवल बेच्ने जनकपुरधाम उपमहानगरपालिका–४, का १८ वर्षीय रोशन चौधरीलाई जानकी मन्दिर परिसारका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेका थिए ।

लगत्तै प्रहरीले नरिवल बेच्ने युवकलाई कुटपिट गरेको भिडियो खिचेर सार्वजनिक गर्ने स्थानीय युवा सुशील कर्णलाई पनि प्रहरीले कपडा च्यात्दै कुटपिट एवं दुर्व्यवहार गरेका छन् ।  कुटपिट गरेको भिडयोमा नरिवल बेच्ने युवक रोशनले आफूसँग प्रहरीले पैसा मागेको र नदिँदा कुटपिट गरेको बताउनु भएको छ ।

पछि त्यही भिडियो सार्वजनिक गरेपछि कुटिएका रोशनलाई प्रहरीले जानकी चौकीमा पक्राउ गरी लगेको थियो । गरिबमाथि अन्याय गरेर उल्टै पक्राउ गरेको भन्दै सुशील कर्णसहितका केही युवाहरु जानकी चौकीमा पुग्नु भएको थियो । त्यहाँ भिडियो किन खिचेको भन्दै जानकी मन्दिरका पर्यटक प्रहरी इन्चार्ज वीरेन्द्र यादवको नेतृत्वमा चार जना प्रहरी जवानले सुशीलको कपडा च्यात्दै कुटपिट एवं दुर्व्यवहार गरेका छन् ।

घटनाको विरोधमा युवाहरुले केही बेर जानकी चोकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । त्यसपछि घटनामा संलग्न दोषी प्रहरीहरुमाथि अविलम्ब कारबाहीको माग गर्दै युवाहरु नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि गएर धर्ना बसेका थिए ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उरीक्षक रामेश्वर कार्कीले घटनामा संलग्न दोषी प्रहरीलाई कारबाहीको लागि सिफारिस गर्ने प्रतिबद्धता व्यक्त  गर्नुभएको छ । त्यसपछि युवाहरुले नाराजुलुस र धर्ना स्थगित गरेका छन् । दोषी प्रहरीमाथि अविलम्ब कारबाही नभए कडा संघर्ष गर्ने युवाहरुले चेतावनी समेत दिएका छन् । सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया