अवरुद्ध रसुवागढी नाका जोड्ने सडक खुल्यो

 भदौ १३, २०७६ शुक्रबार ८:७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – आइतबारदेखि अवरुद्ध भएको रसुवागढी नाका जोड्ने सडक चार दिनपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । 

पासाङल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्ड अन्तर्गत पर्ने ब्राबल भीरमा सडक भासिएपछि आइतबारदेखि आंशिक रूपमा सडक सञ्चालनमा ल्याइएको थियो । मंगलबार बिहानदेखि पहरामा होल खोप्ने काम सुरु भएको थियो । 

केही समयमा लागि सवारी साधन अस्थायी रूपमा पास हुने व्यवस्था मिलाइएको थियो । पुनः वर्षा हुँदा जुनसुकै समयमा सडकमा क्षति हुन सक्ने सम्भावना भएकाले ब्लाष्टिङ गरेर सडक निर्माण गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । 

छेउतर्फ पर्खाल लगाउन बढी समय लाग्ने प्राविधिकले निचोड निकालेपछि विष्फोटक पदार्थको सहायताले पहरो फुटाएर सडक खुलाइएको हो । 

बिहीबार साँझसम्ममा ६० वटा होल खोपेर ब्लाष्टिङ गरिएको थियो । सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै सवारी साधनलाई आवत–जावत गर्न सहज भएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया