भक्तपुरमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

 भदौ २३, २०७६ सोमबार २०:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – चाँगुनारायण नगरपालिका–८ को सरस्वती स्थानमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । 

गोठमा रहेको गाईलाई घाँस दिने क्रममा भुईँमा लत्रिएको तारले करेन्ट लागेर नन्दकुमारी तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

सोमबार दिउँसो करेन्ट लागेर ज्यान गएपछि महानगरी प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले शवलाई पोस्टमर्टमका लागि भक्तपुर अस्पताल पठाएको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया