अजरबैजानसँग बराबरीमा रोकियो क्राेएसिया

 भदौ २४, २०७६ मंगलबार ६:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप उपविजेता क्रोएसियाले युरोकप २०२० को छनोट प्रतियोगितामा अजरबैजानसँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा विशेष गरी दोस्रो हाफमा निकै नै प्रभावशाली देखिएको अजरवैजानले युरो छनोटमा पहिलो अंक हासिल गरेको हो ।

समूह इ मा रहेको अजरबैजानले अहिलेसम्म चारै खेलमा पराजय ब्यहोरेको थियो । उसले पाँचौं खेलमा एक अंक जोड्न सफल भयो । यद्यपी उ समूहको अन्तिममै यथावत छ ।

पाँच खेलबाट १० अंक पुर्‍याएको क्रोएसिया पनि शीर्ष स्थानमा छ । एक खेल कम खेलेको हंगेरीको ९ अंक छ । 

बाकुस्थित बाकसेल एरिनामा पहिलो हाफमा क्रोएसियाले अग्रता लिएको थियो । ११ औं मिनेटमा कप्तान लुका मोड्रिचले पेनाल्टीमा गोल गरेका थिए । 

दोस्रो हाफमा बल पोजिसन नियन्त्रणमा राखेको घरेलु टोलीका लागि ताम्किन खालिलजादेले बराबरी गोल फर्काए । उनले रामिल सेदायवको पास सदुपयोग गरी पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरेका हुन् । 

दोस्रो हाफमा अजरवैजानले गोलका अन्य केहि अवसर पनि खेर फालेको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया