पेनाल्टी मिस गर्दा समर्थकले गरे खेलाडीको घरमा आक्रमण

 भदौ २४, २०७६ मंगलबार १०:४४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

सियरा लियोन राष्ट्रिय फुटबल टिमका खेलाडीले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा दुःख परिणाम भोग्नु परेको छ ।

आइतबार भएको खेलमा अन्तिम समयमा पाएको पेनाल्टीलाई मिस गरेपछि समर्थकले कप्तान उमारु बांगुराको घरमा आक्रमण गरेका छन् । घरेलु मैदानमा भएको खेलमा बांगुराले पेनाल्टी मिस गर्दा सियरा लियोन लाइबेरियासँग समग्रमा ३–२ ले पराजित हुँदै कतार विश्वकपमा पुग्नबाट बञ्चित भयो ।

यद्यपी सियरा लियोन दोस्रो लेगमा १–० ले विजयी भएको थियो ।

पेनाल्टीमा गोल गर्न नसकेपछि समर्थकहरुले कप्तान बांगुराको घरमा ढुंगा प्रहार गरेका थिए । समर्थहरुको आक्रमणका कारण बांगुराका घरका सिसाहरु फुटेका थिए । ‘यो मेरा जीवनकै सबैभन्दा खराब क्षण थियो,’ बांगुराले भने ‘म घरबाट बाहिर निस्किने अवस्था छैन ।’

‘समर्थकहरुबाट मैले यस्तो अपेक्षा नै गरेको थिइनँ ।’ ‘सबै खेल प्रेमीप्रति म क्षमता याचना गर्न चाहन्छु,’ बांगुराले भने । यदी त्यो गोल गर्न सकेको भए सेरा लियोन अवे गोलको आधारमा विश्वकप अफ्रिकी छनोटको दोस्रो चरणमा पुग्ने थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया