संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकु...
चैत ८, २०८१ शुक्रबार
काठमाण्डौ – डेंगीको संक्रमण हुनासाथ नआत्तिन डाक्टरले सुझाव दिएका छन् । डेंगीको संक्रमण फैलिने क्रम बढे पनि यसबाट जोगिन र संक्रमण भइहाले निको पार्न सकिने भएकाले नआत्तिन डाक्टरले सुझाव दिएका हुन् ।
डेंगी धेरैतिर फैलिँदा सर्वसाधारणमा त्रास बढेको तर डेंगी लाग्दैमा आत्तिहाल्नु नपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।
डेंगीको संक्रमण हुँदा ८/१० दिन ज्वरो आउने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, टाउको धेरै दुख्ने, खान मन नलाग्ने, जोर्नी तथा मांसपेशी दुख्नेलगायत लक्षण देखिने तर डाक्टरको सल्लाहमा उपचार गर्दा निको हुने भएकाले आत्तिन नपर्ने तर बेलैमा स्वास्थ्यकर्मीसँग सम्पर्क भने गर्नुपर्ने उहाँले बताउनुभयो ।
ज्वरो आउँदा सिटामोल मात्र खानुपर्ने तर फ्लेक्सन निम्सलगायतका सिटामोलको साथमा अरु तत्व पनि थप गरिएका औषधी भने खान नहुने डाक्टरले बताएका छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका र यसअघि पनि डेंगी भइसकेकालाई डेंगी भए बढी सतर्कता अपनाउनुपर्ने डाक्टरको सुझाव छ ।
डेंगी सार्ने एजिप्टाइ लामखुट्टे सफा पानीमा बस्ने तथा मानिसजस्तै बिहान उठ्ने दिनभरी सक्रिय हुने र बेलुका निष्कृय हुने गर्छ ।
लामखुट्टेको टोकाइबाट जोगिनु डेंगीबाट बच्ने सबैभन्दा राम्रो उपाय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको एनटीटी तथा भ्याक्टर बर्न रोग शाखाका प्रमुख डाक्टर घनश्याम पोखरेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।