सल्यानबाट दुई बालिका एक हप्तादेखि बेपत्ता

 भदौ २५, २०७६ बुधबार १३:७:४५ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान– बनगाड कुपिण्डे नगरपालिका–१० का दुई जना बालिका एक हप्तादेखि बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा माझकाँडाका १३ वर्षीया खिमा ओली र १३ वर्षीया नै प्रतिमा बटाला गएको एक हप्तादेखि बेपत्ता भएका हुन् । 

गएको भदौ १९ गते बेलुका घरबाट निस्किएको र त्यसपछि घर नफर्किएको खिमाका बुवा अम्बर ओलीले बताउनु भयो । उनीहरु घरबाट बेलुका ७ बजेतिर निस्किएको अभिभावकले बताएका छन् । दुबै बालिका स्थानीय भगवती आधारभूत विद्यालयमा कक्षा ७ र ६ मा अध्ययनरत थिए । 

बालिकाहरुको खोजी गरिदिन भन्दै अभिभावकले बनगाड प्रहरी चौकी बालुवासँग्रहीमा भदौ २२ गते हुलियासहित निवेदन पेस गरेका छन् । 

हराएका दुई जना बालिकाको खोजी कार्य भैरहेको बालुवासँग्रहीका प्रहरी इञ्चार्ज दिपक शाही ठकुरीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया