टाटा एच फाइभ विराटनगरमा सार्वजनिक

 भदौ २६, २०७६ बिहिबार १५:२४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिप्रदी ट्रेडिङले विराटनगरमा टाटा एच फाइभ सार्वजनिक गरेको छ ।

गोएल मोटर्स प्रा. लि. मार्फत टाटा एच फाइभ सार्वजनिक गरेको सिप्रदी ट्रेडिङ प्रालि नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक हाे । 

भारतीय बजारमा टाटा ह्यारियरकाे नामले चिनिने प्रिमियम एसयूभी टाटा एच फाइभको सुरुवाती मूल्य नेपाली बजारमा ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

केही दिनअघि टाटा एच फाइभको बुकिङ खुला गरिएपछि यसबारे बुझ्न सम्भावित खरिदकर्ताहरूले साेधपूछ गरिरहेकाे कम्पनीले जनाएकाे छ। टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने कम्पनीकाे विश्वास छ ।

आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन गर्न सक्ने टाटा एचफाइभलाई नेपाली एसयूभी पारखीहरूले मन पराउनेमा कम्पनी विश्वस्त रहेकाे छ ।

टाटा एच फाइभ ल्यान्डरोभरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो। आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्ट-स्टप, सेमि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टि फङशन स्टियरिङ,उचाइ घटबढ गर्न मिल्ने ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोलजस्ता विशेषताहरू रहेका छन्।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया