नेपालगञ्जमा एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र सञ्चालनमा

 भदौ २६, २०७६ बिहिबार २०:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिका–२३  हिरमिनियामा निर्माण भएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । 

बिहीबार शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको हो । प्रशोधन केन्द्र ३८ करोड ९३ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । 

प्रशोधन केन्द्रको उद्घाटन गर्दै शहरी विकास मन्त्री राईले देशमा निर्माण भैरहेका आधुनिक फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्रमध्ये नेपालगञ्जमा सबैभन्दा पहिले काम सम्पन्न भएर सञ्चालनमा आएको भन्दै सदुपयोगका लागि नेपालगञ्जबासीसँग आग्रह गर्नुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले  नेपालगञ्जबासीको लामो समयको प्रयास सफल भएको भन्दै यसबाट फोहर व्यवस्थापनमा थप सहजता हुने दावी गर्नुभयो । 

केन्द्रमा फोहोर ल्याइएपछि पहिलो चरणमा कुहिने खालको फोहोर कम्पोस्ट मल तयार गर्न प्रयोग गरिनेछ । इँटा, ढुंगालगायतका नकुहिने फोहोर भने सेलमा राखेर माटोले च्यापिनेछ । त्यसका लागि आवश्यक संरचना र चार ओटा सेल निर्माण गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया