यू-१९ एसिया कप क्रिकेट : फाइनलमा भारत र बंगलादेश

 भदौ २६, २०७६ बिहिबार २०:३९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकामा जारी यू-१९ एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

यो प्रतियोगितामा नेपाल पनि सहभागिता जनाएकोमा समूह चरणबाटै बाहिरिएको थियो । बिहीबार तय भएको सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि समूह चरणको अंकका आधारमा भारत र बंगलादेशले फाइनलमा स्थान बनाएका हुन् ।

सेमिफाइनलमा भारत र श्रीलंका तथा अफगानिस्तान र बंगलादेश भिड्ने तय भएको थियो । तर दुवै सेमिफाइनल वर्षाले प्रभावित भए ।

बंगलादेशले समूह बी का सबै खेल जितेको थियो । यसैगरी भारत समूह ए को विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुने छ ।

बंगलादेशले समूह चरणमा यूएई र नेपाललाई ६–६ विकेटले पराजित गर्दा घरेलु टोली श्रीलंकालाई ४२ रनले पाखा लगाएको थियो ।

यस्तै अर्को समूहमा भारतले कुवेतलाई ७ विकेटले पराजित गर्दा पाकिस्तानलाई ६० तथा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया