खाटमा खेलिरहेकी बालिकाकाे करेन्ट लागेर ज्यान गयो

 भदौ २७, २०७६ शुक्रबार १२:१४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – औरही नगरपालिका–३ मा करेन्ट लागेर एक जना बालिकाको ज्यान गएको छ । करेन्ट लागेर नरेश महतोको ३ वर्षीया छोरी सिमाकुमारी महतोको ज्यान गएको हो । 

बिहीबार राति खाटमा खेल्ने क्रममा कोठामा रहेको बिजुलीको प्लगमा हात पसाउँदा करेन्ट लागेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

बालिकाको शवलाई पोस्टमर्टम गरी अन्तिम संस्कारको लागि अभिभावकलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक किशोर अचार्यले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया