अक्षय कुमारको पहिलो 'डबल सेञ्चुरी' : 'मिशन मंगल'ले भारतमा २०० करोड कमायो

 भदौ २७, २०७६ शुक्रबार १९:४४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

अक्षय कुमारको चलचित्र 'मिशन मंगल' प्रदर्शनमा आएको चार हप्ता बितिसक्दा पनि आफ्नो दबदबा बनाइराखेको छ । 

चलचित्रले भारतमा मात्र २ सय करोड भारुमाथिको कमाइ गरेको छ । यो सँगै 'मिशन मिंगल' २ सय करोड क्लबमा प्रवेश हुने अक्षयको पहिलो चलचित्र बनेको छ । 
मिशन मंगलको सानदान कमाइले एक पटक फेरि अक्षय कुमारलाई बक्स अफिसको खेलाडी साबित गरिदिएको छ । 

ट्रेड विश्लेषक तरण आदर्शले ट्वीट गर्दै लेखेका छन्, ‘मिशन मंगलले २०० करोडको आँकडा पूरा गरेको छ । यो अक्षय कुमारको पहिलो डबल सेञ्चुरी हो । २९ औँ दिनमा २०० करोड कमाएर अक्षय कुमारले आफ्नो सबैभन्दा ठूलो हिट दिएका छन् ।’

मिशन मंगल भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को मंगल अभियानको सत्य कथामा आधारित छ । चलचित्रमा अक्षयसँगै विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा र शरमन जोशी मुख्य भूमिकामा छन् । 

‘मिशन मंगल’ १५ अगष्टमा प्रदर्शनमा आएको थियो । यसअघि स्वतन्त्रता दिवसको दिन सबैभन्दा धेरै कमाइ गर्ने सलमान खानको चलचित्र ‘एक था टाइगर’ थियो । सलमान–कटरीनाको चलचित्रको लाइफटाइम कलेक्शन १९८ दशमलव ७८ करोड थियो, जसलाई ‘मिशन मंगल’ले तोडेको छ । 

मिशन मंगलपछि अक्षय कुमारको कैँयौ चलचित्र लाइनमा छन् 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया