विप्लव समूहका बाजुरा सह–सेक्रेटरी पक्राउ

 भदौ २७, २०७६ शुक्रबार १८:२२:० | उज्यालो सहकर्मी
unn.prixa.net

बाजुरा – जिल्ला प्रहरी कार्यालय बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह बाजुराका सह–सेक्रेटरी दानबहादुर खड्का (किशोर) लाई पक्राउ गरेको छ ।

५० वर्षीय खड्कालाई शुक्रबार दिउँसो बुढीगंगा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) जनकराज ढुंगानाले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक ढुंगानाका अनुसार विप्लव समूहका जिल्ला सह–सेक्रेटरी खड्काले गाउँमा संगठन विस्तार र संगठनका गतिविधिबारे प्रचारप्रसार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बताउनु भयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया