महिला टी-२० क्रिकेटकाे वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

 भदौ २७, २०७६ शुक्रबार २०:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वेन्टी क्रिकेटको वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको टी-ट्वेन्टीको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा पुगेको छ ।

अघिल्लो वरीयतामा नेपाल १४औं स्थानमा रहेको थियो । पपुवा न्यू गिनीको वरीयता बढेपछि नेपाल एक स्थान तल झरेको हो  ।

नयाँ वरीयताअनुसार नेपालले १९ खेलबाट १२८ रेटिङ अंक पाएको छ । नेपालले थाइल्याण्डमा गएकाे फागुनमा सम्पन्न आईसीसी विश्वकप एसिया छनोट खेलेपछि अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

त्यस प्रतियोगितामा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डसँगको हारसँगै नेपाल उपविजेता बनेको थियो र नेपाल अघिल्लो चरण पुग्नबाट बञ्चित भएकाे थियाे ।

एसोसियट राष्ट्रको टी-ट्वेन्टी वरीयतामा नेपाल चौथो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडि थाइल्याण्ड, स्कटल्याण्ड र पपुवा न्यू गिनी रहेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया