इन्द्र जात्रा मनाइयो, राष्ट्रपतिद्वारा अवलोकन (फोटो फिचर)

 भदौ २७, २०७६ शुक्रबार २०:१४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्र जात्रा मनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह काठमाण्डौको बसन्तपुरको ग्यालरी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गर्नु भएको हो ।

इन्द्र जात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि उपस्थिति रहेको थियो

जात्रामा पहिलो पटक विदेशी पाहुनाहरु पनि सहभागी भएका थिए । काठमाण्डौ महानगरपालिकाको निमन्त्रणमा चीन, भारत, अमेरिका, भुटान र जापानका विभिन्न शहरका मेयरहरु सहभागी भएका थिए ।

काठमाण्डौको हनुमानढोका दरबारबाट सुरु भएको सो अवलोकन पदयात्रा काष्ठमण्डप, चिकँः मुगल, जैसी देवल, लगन हुँदै बसन्तपुरमा आएर समापन भएको थियो ।

 

तस्बिर - रासस

अन्तिम अपडेट: असोज २६, २०७६

तपाईको प्रतिक्रिया