नेपाल ओलम्पिक कमिटीकाे चुनाव आज, अध्यक्षमा जीवनराम र उमेशलालबीच प्रतिस्पर्धा

 भदौ २८, २०७६ शनिबार ६:५४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका चयनका लागि शनिबार चुनाव हुँदैछ। नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठ चुनावी मैदानमा छन् ।

भदौ २० गतेलाई तोकिएको चुनाव अदालती कारणले रोकिएको थियो । तर पछि सर्वोच्च अदालतले चुनाव रोक्नुपर्ने कुनै कारण नभएको देखाउँदै चुनावको बाटो खोलेको थियो । जसका कारण शनिबारका लागि चुनाव तय भएकाे हाे ।

मतदातालाई आफूतिर आकर्षित गर्न दुवै अध्यक्षका उम्मेदवार लागि परेका छन् । जीवनराम श्रेष्ठ आफ्नो कामको मूल्यांकन साथीभाइले गर्लान् भनेर जित्नेमा विश्वस्त देखिन्छन् भने उमेशलाल श्रेष्ठ पनि यसपटक बाजी मार्नेमा विश्वस्त छन् ।

ओलम्पिक कमिटीमा रहेका २७ मतदातामध्ये २६ जना चुनावी मैदानमा उत्रिएका छन् । महासचिवमा जीवनरामका तर्फबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालका तर्फबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् ।

२७ संघका २७ प्रतिनिधि रहेको एनओसीमा २६ जनाले उम्मेदवारी दिएका छन् । ५ उपाध्यक्षका लागि ८ जनाले, ३ सचिवका लागि ४ जनाले र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । रतन टण्डन कोषाध्यक्ष र राखेप उपाध्यक्ष तिम्सिना उप-महासचिवमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया