इंग्लिस प्रिमियर लिग : शनिबार ७ खेल हुँदै

 भदौ २८, २०७६ शनिबार १२:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार ७ वटा खेल हुँदै छ ।

पाँचौं चरणको खेल सुरु हुँदा शनिबार नेपाली समयअनुसार पहिलो खेलमा अपरान्ह सवा ५ बजे लिभरपुल र न्यूक्यासल युनाइटेड आमनेसामने हुँदैछन् । लिभरपुल जारी लिगमा अपराजित रहँदै १२ अंकका साथ शीर्ष स्थानमा छ । न्यू क्यासल ४ अंकसहित १४औंँ स्थानमा छ ।

नेपाली समयअनुसार राति पौने ८ बजे ५ वटा खेल सुरु हुने छन् । जसमा १२औँ स्थानको बर्नले तथा १६औं स्थानको ब्राइटन भिड्ने छन् । यस्तै तेस्रो स्थानको लेस्टर सिटी र आठौं स्थानको म्यानचेस्टर युनाइटेड भिड्ने छन् । १० औं स्थानको सेफिल्ड युनाइटेड र १३ औं स्थानको साउथ ह्याम्पटन पनि पौने ८ बजे नै भिड्ने छन् । चौथो स्थानको क्रिष्टल प्यालेस र नवौं स्थानको टोटनह्याम भिड्दा १० औं स्थानको चेल्सी  र १७ औं स्थानको उल्भरह्याम्पटन पनि भिड्ने छन् ।

नेपाली समयअनुसार राति सवा १० बजे दोस्रो स्थानको म्यानचेस्टर सिटी र १९ औं स्थानका नर्विच सिटीले प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया