प्रविधि प्रत्रकार मञ्चको साधारण सभा सम्पन्न, रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति

 भदौ २८, २०७६ शनिबार १७:२४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सूचना प्रविधिको क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्था प्रविधि पत्रकार मञ्चको नयाँ नेतृत्व सर्वसम्मत भएको छ । 

काठमाण्डौमा भएको छैटौँ वार्षिक साधारण सभाले विश्वास रेग्मीको अध्यक्षतामा २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । रेग्मी यसअघि पनि अध्यक्ष नै हुनुहुन्थ्यो । 

साधारण सभाले लिभिङ विथ आईसीटी म्यागेजिनका राजन लम्साललाई उपाध्यक्ष, टेकपाना डटकमका गोपाल साउदलाई सचिव, देशसञ्चार डटकमका सहदेव चौधरीलाई सहसचिव र टेकपाना डटकमका रञ्जनहरी कोइरालालाई कोषाध्यक्षमा चयन गरेको छ । 

मञ्चको कार्यसमिति सदस्यमा उज्यालो रेडियो नेटवर्क-उज्यालो अनलाइन डटकमका अर्जुन पोख्रेल, द हिमालयन टाइम्सकी अर्पणा आलेमगर, कारोबार दैनिकका किरण आचार्य, कान्तिपुर दैनिकका विजय तिमिल्सिना, सेतोपाटी डटकमका रविन्द्र शाही र नेपालन्युज डटकमका सन्तोष न्यौपाने सर्वसम्मत भएका छन् । 

अन्तिम अपडेट: असोज १९, २०७६

तपाईको प्रतिक्रिया